नेकोस खेल महोत्सवको समापन शनिबार: उपाधिका लागि एलसी ब्रदर्श र आदर्श क्लब भिड्ने
पाेखरा | चैत ८, २०८०
पोखरा: लेखनाथको भण्डारढिकमा जारी सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलको उपाधिका लागि एलसी ब्रदर्श र आदर्श युवा क्लब भिड्ने भएका छन् ।
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा आदर्श युवा क्लबले सहारा क्लब पोखरालाई १–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
आदर्शको जीतमा विकाश परियारले दोस्रो हाफमा गरेको गोल नै फाइनल प्रवेशका लागि निर्णायक बन्यो ।
बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनलमा खेलमा एलसी ब्रदर्शले आरएस बिच फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।
सूर्य तारा नेकोस खेल महोत्सवको फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार एलसी ब्रदर्श र आदर्श युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
गत शनिबारदेखि जारी सो प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यो पनि पढ्नुहोस
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...


